
बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका छन् ।बिहीबार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले बताए।

निरीक्षण सकेर देउवा नेतृत्वको टोली आजै दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ। टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43