
२७ औं कण्डम दिवस कैलालीमा मनाईएको छ । एचआईभी यौनरोग र अनिश्चित गर्भ रहनबाट बँचनका लागि कण्डमको प्रयोग गरौं भन्ने नाराका साथ दिवस मनाईएको हो । दिवसका अवसरमा यसक्षेत्रका कार्यरत विभिन्न संघसंस्थाले संयुक्त रुपमा दिवस मनाएका छन् ।

एनएनएसडब्लुए, एएचएफ, नवकिरण प्लस, सुदुरपश्चिम समाज, धनगढी उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय कैलाली, सेती प्रादेशिक अस्पताल लगायतका संस्थाहरुको आयोजनामा गौरीफन्टा नाका र अत्तरिया बसपार्कमा कण्डम वितरण तथा एचआईभी चेकजाँच समेत गरिएको छ ।

१५ हजार जनालाई कण्डम वितरण तथा ५० जनाको एचआईभी चेकजाँच गरिएको एनएनएसडब्लुएको माईग्रेन्ट परियोजनाका कर्मचारी भीम शर्माले जानकारी दिए ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36