बझाङमा आत्महत्याको दर बढ्दो
2021/10/25, 10:41
 
dd

बझाङमा आत्महत्याको दर डरलाग्दो रूपमा बढ्न थलेको छ । २४ घण्टामा मात्र दुई जनाले आत्माहत्या गरेका छन् ।
सदरमुकाम नजिकै सेती नदीमा हाम फालेर जयपृथ्वी नगरपालिका १० का २८ वर्षिा नवीन सुनार र सुर्मा गाउँपालिकाकी १९ वर्षकी सिमा कुमारी बोहराले आत्महत्या गरेका छन् ।

आत्महत्याको कारण खुल्न नसकेको र बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए । उनले भने,“शुक्रबार बिहान १० बजेतिर नविन सुनारले र शनिबार बिहान १० बजेतिर सिमा कुमारी बोहराले सेतीनदीमा हाम फालेर आत्महत्या गरेका छन् ।” चालु आर्थिक वर्षको साउन यतामात्र १५ जनाले आत्महत्या गरेको खड्काको भनाइ छ ।

बझाङमा पछिल्ला तीन वर्षमा ८१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुष भन्दा महिला बढी छन् । महिलाले आत्महत्या गर्नुको कारण आफूमाथि हुने अन्यायलाई प्रतिरोध गर्न नसक्नु रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार झुण्डिएर, विष सेवन गरी र नदीमा हाम फालेर पछिल्लो तीन वर्षयता ३८ महिला, १२ बालबालिका र ३१ पुरुष गरी ८१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको साउन महिना यता मात्र ९ महिला, १ बालबालिका र ५ पुरुषले आत्महत्या गरेका छन् ।