
दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली किनारस्थित किम्तडी भिरमा सडक भाँसिएर अवरुद्ध बनेको महाकाली लोकमार्ग सुचारु भएको छ ।

भिर काटेर सडक खुलाइएको हो । गत आइतवार देखि बुधबारसम्म भएको अबिरल वर्षाका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीमा सडक भाँसिएर यातायातका साधनहरु चल्न सकेका थिएनन् ।
सोमबार बेलुकीदेखि आंशिक रुपमा यातायातका साधनहरुले पास पाएको र मंगलबारदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको यातायात व्यावसायीहरुले बताएका छन् ।

सडक अवरुद्द भएपछि एक हप्तासम्म यात्रु र यातायातका साधनहरु समस्यामा परेका थिए । अत्यावश्यक काम परेका यात्रुहरुले सडक भासिएको क्षेत्रबाट गाडी परिवर्तन गरेर यात्रा गरिरहेका थिए ।
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38