
बैतडीमा एकजनाको शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका ६ पैर्यौडा बस्ने ३८ बर्षीय दमनराम पहरीको शव स्थानीय गोइडा खोलामा मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

सोमबारदेखि घर नआएका पहरीका शव खोलामा डुबेको अवस्थामा फेला परेको हो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
पहरीको टाउको चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शाहीले बताए । मृतक पहरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42