
दार्चुलामा राति साढे ८ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै तिहार पर्वको अवसरमा खेलिने देउसी भैलो राति साढे ८ बजेपछि नखेल्न जिल्ला प्रहरी कार्यालय दार्चुलाले आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टका अनुसार बेलुकी ५ बजेदेखि राति साढे ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने छ। यस्तै तिहारमा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, बिक्रीवितरण तथा प्रयोग नगर्न आग्रह गरिएको र यदि कसैले पटाका ओसारपोसार, विक्रीवितरण तथा पड्काएको भेटिए सार्वजनिक मुद्दासम्म चलाउने जनाइएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36