भारतबाट आउने घटेसँगै क्वारेन्टिन वस्ने पनि घट्दै, सुदुरपश्चिमका ६२ हजार जनालाई क्वारेन्टिनमा
2020/06/16, 7:20

भारतबाट आउने घटेसँगै क्वारेन्टिन वस्ने पनि घट्दै गएका छन् । सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ५१ हजारलाई क्वारेन्टिनमा राखिएको छ ।

भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५० हजार ९ सय २२ जनालाई नौँ जिल्लाका एक हजार ९ सय १८ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
क्वारेन्टिनमा राखिएका मध्ये ४२ हजार एक सय ६४ जना पुरुष र ८ हजार ७ सय ५८ जना महिला रहेका छन । उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन । सुदूरपश्चिम प्रदेशमा ८२ हजार नौ सय ३१ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54