
दार्चुलाको लेकम गाउँपालिकामा जिप दुर्घटना भएको छ । लेकम गाउँपालिका वडा नम्बर ६ को मेल्लाउँ सिमार जुग्यापननी भन्ने ठाउँमा जिप दुर्घटना हुदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका बस्ने ७० वर्षकी मध्या नाथ र कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर ८ बस्ने ७५ बर्षीया पुण्यादेवी नाथ घाइते भएको प्रहरीले जनाएको छ ।
सोमवार बिहान साढे १० बजे दार्चुलाको गोकुलेश्वर बाट रिठाचौपाता आउदै गरेको से १ ज ५८३ नम्बरको जिप दुर्घटना भएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01