
उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन भएकाे छ। हिजाे साँझ अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेका व्रतालुहरूले आज उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठलाई विदाई गरेका हुन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म मनाइने छठ पर्वकाे अन्तिम दिन उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ।

निकै कठिन मानिने छठ पूजा घरपरिवारको सुख, छोराछोरीको खुसीको लागि गर्ने गरिएको छ। छठ पर्वलाई तराईको सबैभन्दा ठूलो पर्व मानिन्छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/03/27, 12:05
2020/06/06, 8:55
2020/10/08, 1:24