धनगढीको ओम ट्रेडद्वारा दसैँतिहार उपहार योजना, लक्की ग्राहकले जिते स्कुटर
2021/11/11, 6:17
 
aa

धनगढीको ओम ट्रेड र बेल्स ग्रुपले दसैँतिहारमा भाग्यमानी ग्राहकलाई उपहार दिने योजना सञ्चालन गरेको थियो। जसअन्तरगत २ हजार भन्दा बढी मूल्य बराबरको सामान खरिद अथवा खाना नास्ता खाने ग्राहकलाई कुपन दिइएको थियो।

 प्रदान गरिएका कुपनमध्ये गोलाप्रथाद्वारा तिहारपश्तात भाग्यमानी विजेता घोषणा गर्ने योजना रहेको थियो। जसको घोषणा बिहीबार गरिएको बेल्स ग्रुपका म्यानेजर घनश्याम जोशीले बताए। 

गोलाप्रथाबाट पहिलो उपमहार हिरो प्रेजर प्लसको स्कुटर धनगढीकी मानस्वी उपाध्यायले जितेकी छिन्।

यस्तै दोस्रो उपहार धनगढीकै डिना जोशीले यसुदाको फ्रिज जितेकी छिन्।

यस्तै हसनपुरका दिनेश कार्कीले तेस्रो उपहार ग्रिजर र सान्त्वना उपहार धनगढीकै जनकबहादुर धानुकले भ्याकुम क्लिनर जितेका छन्। विजेताहरुलाई बोलाएर उपहार प्रदान गरिने बेल्स ग्रुपका म्यानेजर घनश्याम जोशीले बताए।