भारत-चीन सीमा विवाद: लद्दाखमा दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
2020/06/16, 2:39
 
army

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ।

भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो।

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ।  तर भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ । भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।चीनले पराजित भएको थियो ।

चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ । सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो । 

बिबिसी बाट