
नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले उम्मेदवारी घोषणा गर्ने भएका छन् । मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गर्ने भएका हुन् ।

उम्मेद्वारी घोषणा गर्न रावलले आज आइतबार दिउँसो ३ बजे भृकुटी मण्डपमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् । तर, उनले कुन पदका लागि उम्मेदवारी घोषणा गर्न लागेको खुलाएका छैनन् ।
उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्न लागेको उनीनिकट स्रोतले जनाएको छ । यसअघि उनले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै बताइसकेका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43