बसपार्कमा भेटिएकी बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरका एक युवक पक्राउ
2021/11/25, 6:32

बसपार्कमा भेटिएकी बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरको लेले बस्ने ३६ वर्षीय गोबिन्दसिंह बिष्टमाथि १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको हो।

बिष्टले कात्तिक २८ गते दिउँसो साढे २ बजेतिर लगनखेल बसपार्कमा बालिकालाई भेटेका थिए। त्यसपछि उनले ललाई फकाई कोटेश्वर चोककै एक गेष्ट हाउसमा कोठा बुकिङ गरेर बालिकालाई एक रात राखेका थिए। त्यही उनले बलात्कार गरेर अर्को दिन बिहान ६ बजेतिर लगनखेल बसपार्क क्षेत्रमै लगेर उनी फरार भएका थिए। घटनापछि पीडित बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएको थियो।
पक्राउ परेका बिष्टमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बानेश्वरले जानकारी दिएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/22, 12:23
2021/06/23, 4:24
2022/02/21, 3:53
2023/06/18, 3:11