सुदूर पश्चिमाञ्चल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मदन कुवँरले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रुपैया सहयोग गरेका छन् ।
महासंघका निवर्तमान अध्यक्ष कुवँरले आज एक लाख रुपैयाको चेक ह्युमानिटी फाउण्डेसनका टीमलाई हस्तान्तरण गरे ।
सात वटा पहाडी जिल्लालाई पायक पर्ने गरी डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा थालिएको अभियानबाट प्रभावित भएर सहयोग गरेको कुवँरले बताए ।
धनगढीबाट शुरु भएको यो अभियानमा विश्वका बिभिन्न मुलुकमा सुदूरपश्चिमेली समाज र प्रवासमा रहेका सुदूर पश्चिमका अगुवाहरुले साथ दिएका छन् । सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान थालिएको हो ।
केही दिनमा डडेल्धुरामा पीसीआर मेसिन स्थापना गरिने ह्युमानिटी फाउण्डेसनले जनाएको छ ।