दार्चुलामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिने
2021/11/30, 2:05
 
da

दार्चुलामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिने भएको छ। निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली संकलन विशेष कार्यक्रम, २०७८ जिल्लाका आठ वटा स्थानीय तहमा सञ्चालन गरिने भएको हो।

जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन सुरु गर्ने भएको हो। मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकताको प्रमाणपत्र, बेजिल्लावासी भए बसाइसराइको प्रमाणपत्र र बिहे गरी आएको भए विवाहदर्ताको प्रमाणपत्र आवश्यक पर्नेछ। आवश्यकताअनुसार शैक्षिक प्रमाणपत्र, लालपुर्जा वा सवारीचालक अनुमतिपत्रका आधारमा पनि दर्ता गरिनेछ। 

दार्चुलामा प्रतिनिधिसभातर्क १ र प्रदेशसभातर्फ २ वटा निर्वाचन क्षेत्र छन्। जिल्लामा २०७७ पुस पाच गते सम्म कुल मतदाता सख्या ८३ हजार १९४ जना पुगेको छ भने २०७४ सालको निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या ७८ हजार ५सय १३ रहको थियो।