दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान
2021/12/02, 10:16
 
ss

दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान कार्यक्रम सुरु गरिएको छ। उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका दुई वटा वडामा मतदान कार्यक्रम गरिएको हो।

त्यहाँका बालबालिकाहरुलाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान गर्न लगाइएको छ। मालिकार्जुन -२ को राष्ट्रिय मावि ठिङमा गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनीकरणका लागि मतदान कार्यक्रम सुरु गरिएको आयोजकसमेत रहेको ग्रामीण विकास समाज नेपाल दार्चुलाकी सहजकर्ता बिस्ना धामीले बताइन्। 

मतदानमा २०८ जनाले बालवाविह गर्नु ठिक होइन भन्नेमा र १० जनाले बालविवाह गर्नु ठिक हो भन्नेमा मतदान गरेको सामाजिक उनले बताइन्। जम्मा खसेको २२० मतमध्ये २ मत बदर भएको थियो। बिहीबार गाउँपालिकाको वडा नम्बर ३ मा मतदान कार्यक्रम सञ्चालन गरिने बताइएको छ।