सुदुरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७९ पुग्यो
2020/06/17, 4:49
 
korona

सुदुरपश्चिमका वुधवार थप ३२ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा थप ३१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै सुदुरपश्चिमका एक जनामा काठमाण्डौमा पुष्टि भएको छ  । काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिमका संक्रमितको संख्या ३७९ पुग्यो

कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई/दुई जनामा कोरोना पुष्टि भएको हो। कैलालीमा आज थप भएका २१ जना मध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपती क्वारेन्टाइनमा रहेका छन् भने  दुई जना मोहन्या विश्व माविको क्वारेन्टिनमा छन्।

काठमाडौँमा पुष्टि भएका एक जनाको भने स्थानीय तह खुलेको छैन्। डोटीका ५ जना संक्रमित भने दिपायल सिलगढी नगरपालिका हुन्। अछाममा आज कोरोना पुष्टी भएका मेल्लेख गाउँपालिका वडा नम्वर ४ र ७ का २२ र २४ बर्षीय युवक रहेका छन्।

बझाङको थलारा- ३ की १० बर्षीय किशोरी र खप्तडछान्ना ३  का ७० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका १ र ९ का दुई जनामा कोरोना पुष्टि भएको हो। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय २४ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने ५२ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय ५२, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५, दाङ र टिचिङ अस्पतालको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।