१५ करोडको लगानीमा धनगढीमा खुल्यो हेलो मार्ट
2021/12/22, 10:32
 
dd

धनगढीमा हेलो मार्ट सञ्चालनमा आएको छ। उपमहानगरपालिकाको २ स्थानमा हेलो मार्ट सञ्चालनमा ल्याइएको हो। १५ करोडको लगानीमा सञ्चालनमा ल्याइएका उक्त मार्टहरूको बुधवार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका छन्।

उनले धनगढीको ट्राफिक चौराहा नजिक रहेको मुख्य मार्ट र क्याम्पस चोकमा शाखा मार्टको उद्घाटन गरेका हुन्।  पुस ९ गते अत्तरियामा पनि सो मार्टको शाखा उद्घाटन गरिने मार्टका सञ्चालक झपट बोहराले बताए। सुदूरपश्चिममा ७ वटा मार्ट सञ्चालनमा ल्याउने उद्देश्य रहेको उनले बताए। 

विशेष गरेर अर्ग्यानिक तरकारी तथा फलफूल, नगदेबाली, सुन्तला, स्याउ, किवी, दूध, पनिर, कुखुरा, हाँस र कालिज लगायतका स्थानीय स्तरमै उत्पादन गर्ने किसानहरूलाई प्राथमिकतामा राखेर उनीहरूबाटै प्रत्यक्ष रूपमा खरिद गर्ने सञ्चालक बोहराले बताए।  प्रत्यक्ष कृषि क्षेत्रमा आबद्ध रहेका किसानहरूको जीवनस्तरलाई उकास्ने र ग्राहकहरूलाई पनि सन्तुष्टि दिने लक्ष्य रहेको मार्टका सञ्चालक झपट बोहराले बताए।