ग्लोबल आईएमई बैंकले १५ औं बार्षिकोत्सव मनायो
2022/01/02, 12:28
 
dd

ग्लोबल आईएमई बैंकले विभिन्न कार्यक्रम गरी १५ औं बार्षिकोत्सव मनाएको छ ।  १४ बर्ष पुरा गरी १५ औं बर्षमा प्रवेश गरेको अवसरमा बैंकले सुदुरपश्चिममा विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो । 

1

ग्लोबल आईएमई बैंकको प्रदेश कार्यालय धनगढी र प्रदेशका विभिन्न शाखाहरुले बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको हो । 

रक्तदान कार्यक्रमको आयोजना
ग्लोबल आईएमई बैंकको प्रदेश कार्यालय धनगढीको आयोजना  र प्रदेशका विभिन्न शाखाहरुको सहकार्यमा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

3

रगत अभाव भईरहेको अवस्थामा रक्तसंचार केन्द्र धनगढीको सहयोगमा रक्तादन कार्यक्रम गरिएको हो । प्रदेश कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७० जनाले रगत दिएका छन् ।

2

सामाजिक उत्तरदायित्व वहनमा अग्रसर रहदैं आएको बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको ग्लोबल आईएमई बैंकका प्रदेश प्रमुख मुकुन्द भट्टले जानकारी दिए । उनले रक्तदान कार्यक्रममा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । 

फुटसलको उपाधि ग्लोबल जन्मभुमी महेन्द्रनगर शाखालाई
बार्षिकोत्सवको अवसरमा मैत्रीपुर्ण फुटसल प्रतियोगिताको पनि आयोजना गरिएको छ । बैंकमा कार्यरत कर्मचारीहरुको टीम बनाएर फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बैंकका विभिन्न योजनाहरुको नाम सहित शाखाको नाम बनाएर टीम बनाईएको थियो । 

3

धनगढीको फल्याटल्याण्ड फुटसलमा आयोजना गरिएको प्रतियोगिताको उपाधि ग्लोबल जन्मभुमी महेन्द्रनगर शाखाले जितेको छ । फाईनलमा ग्लोबल एनआरएन प्रदेश कार्यालयलाई २–१ ले हराउँदै महेन्द्रनगरले उपाधि जितेको हो ।

2

प्रतियोगितामा ६ वटा टीमको सहभागीता रहेको थियो । विजेता तथा उपविजेता टोलीलाई ग्लोबल आईएमई बैंकका प्रदेश प्रमुख मुकुन्द भट्टले सिल्ड तथा प्रमाणपत्र वितरण गरे ।