
नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन्। ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन्।

यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका छन्। एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन्। सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन्।
एमाले दार्चुला अधिवेशनका लागि छनौट भएका ७७६ प्रतिनिधि मध्ये ७०७ जनाले मतदान गरेका थिए। अध्यक्षमा विजयी भएका धामी दार्चुलाको नौगाढ गाउँपालिकाका अध्यक्ष हुन्।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00