कुखुराको मासुको लागि प्रख्यात चिकेन स्टेशनको धनगढीमै दोस्रो शाखा खुल्दै 
2022/01/13, 5:52
 
aa

कुखुराको मासुको लागि प्रख्यात चिकेन स्टेशनको धनगढीमै दोस्रो शाखा खुल्ने तयारीमा रहेको छ । धनगढीको चटकपुरमा स्थापना भएको चिकेन स्टेशनको दोस्रो शाखा क्याम्पस रोडमा सञ्चालनको तयारीमा रहेको हो ।

सुदूरपश्चिममै चिकेन स्टेशनको फ्रेञ्चाईज पहिलो पटक धनगढीको चटकपुरमा शाखा खोलेका व्यवसायी मदन भट्टले नै क्याम्पसरोडमा शाखा विस्तारको तयारी गरेका छन् । डेढ करोडको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन रहेको भवनकै चौथो तलामा उनले मुगल्स खजना पनि संचालन गरिरहेका छन्  ।

चटकपुरमा चिकेन स्टेशन संचालनमा ल्याएको एक बर्ष नपुग्दै क्याम्पसरोडमा पनि दोस्रो शाखा  माघ ८ गतेदेखि संचालनमा ल्याउन लागेको संञ्चालक भट्टले बताए । चिकेन स्टेशनका परिकारहरु छोटो समयमै ग्राहकलाई लोभ्याउन सफल भएका कारण दोस्रो शाखा खोल्ने आँट आएको उनले बताए । ग्राहकको स्वास्थ्यलाई ध्यान दिएर स्वच्छ भान्छाका साथै हाईजेनिक परिकारहरु पस्किदा ग्राहकहरु खुशी भएको उनको भनाई छ । 

चिकेन स्टेशनमा स्पेशल कुखुराका विभिन्न परिकारहरु पाउनुका साथै खसी तथा सहकारीका परिकारहरुको पनि सेवा गर्दै आएको छ । बिरयानी, कबाब लगायत भेजका सबै पकिारहरु चिकेन स्टेशनमा पाउने गरेका छन् । चिकेन स्टेशनका दुबै शाखामा जन्मदिन, वैवाहिक बर्षगाँठ लगायतका कार्यक्रमहरु गर्नका लागि सभाको साथै प्रत्यक्ष संगीतको मज्जा लिन सकिने सुविधा रहेको छ ।

चिकेन स्टेशनका दुबै शाखा संचालनमा आएपछि ४५ जनाले रोजगार पाउने संचालक भट्टले बताए । यस क्षेत्रमा चिकेन स्टेशनको फ्रेन्चाईज लिएका भट्टले सुदूरपश्चिमका मुख्य शहरमा पनि शाखा बिस्तारको योजनामा रहेको जानकारी दिए ।