बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु
 
tt

बैतडी पुर्ख्यौली घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ। भारतको उत्तराखण्डस्थित नानकमाता बस्दै आएकी अन्दाजी २९ वर्षीया आरती चन्दको चितुवाको आक्रमणबाट शनिबार मृत्यु भएको हो।

उनको परिवार विगत ५/६ वर्षयतादेखि भारत बस्दै आएको छ। हिजो दिउँसो घाँस काट्न जंगल गएकी चन्दको चितुवाको आक्रमणबाट मृत्यु भएको उनका आफन्त जय चन्दले बताएका हुन्। जयका अनुसार आरतीको पुख्यौली घर बैतडीको पञ्चेश्वर गाउँपालिका -५ गिरेगडा हालड हो ।