
कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतवार श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेर परशुराम फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
श्रीमतीको हत्या गरी फरार रहेका रोकामगरको खोजी कार्य भइरहेको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए ।

2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43