स्थानीय निर्वाचनको ताकेता- निर्वाचन आयोगसँग प्रधानमन्त्रीले छलफल गर्दै
2022/01/27, 11:51

निर्वाचन आयोगले तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गरिरहेका बेला प्रधानमन्त्री शेरवहादुर देउवाले आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग प्रधानमन्त्रीले आज दिउँसो छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल हुने बताइएको छ ।
आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न सरकारले अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ ।

सत्ता गठबन्धनले भने २०७४ असोज २ गते तेस्रो चरणमा भएका स्थानीय तहको निर्वाचनलाई आधार मानेर ६ महिनासम्म धकेल्न खोजिरहेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43