
गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन गरेर जिल्लाको शान्ति सुरक्षा र प्रहरीको रासन भत्ताबारे जानकारी लिएका छन्। सोमबार बिहान १२ वटा जिल्लाका प्रहरी प्रमुखलाई फोन गर्दै शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासन भत्ता वितरण बारे जानकारी लिएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ।

गृहमन्त्रीले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखलाई टेलिफोन गरेका हुन्। गृहमन्त्री खाणले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड १९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ताबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27