
कैलालीको चुरे क्षेत्रमा रहेको एक बाख्रा फर्ममा आगो लागेको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ सायलको नक्कुमा रहेको भगवती बाख्रा फर्ममा गएराति आगो लागेको हो। परशुराम सापकोटाले सञ्चालन गरेको बाख्रा फर्ममा रहेका २४ वटा खशी–बोका मरेका छन्। ६ वटा खशी–बोका तथा बाख्रा घाइते छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक वेदप्रकाश जोशीका अनुसार बाख्राको कच्चि घरमा भन्साबाट आगो सल्किएको हो। सापकोटाले झण्डै ३० लाखको क्षति भएको बताएका छन्। सञ्चालक सापकोटाका अनुसार खशी–बोका र बाख्रासँगै नगद, लत्ताकपडा र नागरिकता पनि जलेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49