
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११२ नमुना परीक्षण गर्दा थप २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा सात जना कोरोना संक्रमित विरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । भने दुई जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २० जना संक्रमित विरामी उपचाररत छन् ।
ती मध्ये चार जनाको आइसियु र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ७४ बर्षीया महिलाको मृत्यु भएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/22, 9:50
2021/06/12, 10:35
2022/02/04, 2:55
2023/02/17, 5:45