भिभोले फेब्रुअरी ६ देखि १४ सम्म भिभोटाईन मनाउने
2022/02/05, 10:52
 
dd

स्मार्टफोन ब्रान्ड भिभोले नयाँ मोडल  भी ट्वान्टी थ्रीईको सफल प्रिबुकिङ्ग पश्चात् भिभोटाइन मनाउने भएको छ। फेब्रुअरी ६ देखि १४ सम्म भिभोले भिभोटाइन मनाउन लागेको हो ।

भिभोको आक्रामक बजार बिस्तारलाई कायम राख्दै भिसिरिज अन्तर्गतको नयाँ भि ट्वान्टी थ्रीइलाई थप प्रवर्द्धन गर्न नयाँ स्किम आएको छ । जसको लागि फोटोग्राफी कन्टेस्ट र डिस्काउन्ट कुपन अफर सुरु भएको भिभोका एरिया सेल्स म्यानेजर अर्जुन मल्लले बताए ।

उनका अनुसार भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत भिभोको फोनद्वारा खिचिएको कुनै पनि फोटो फेसबुकमा पोष्ट गरेर सबैभन्दा धेरै लाइक र शेयर आउने ९ जनाले उपहार जित्न सक्नेछन्। फेब्रुअरी १५ मा घोषणा हुने विजेताले पार्टी स्पिकर र नगद उपहार पाउने मल्लले बताए।

त्यससँगै कुनैपनि भिसिरिज मोबाइलको खरिदमा फेब्रुअरी महिनाभरि २ हजारको डिस्काउन्ट कुपन पाउन सकिने उनले जानकारी दिए । भिभोले १३ हजार ६०० देखि ५० हजारसम्मका फोन बिक्री गर्दै आएको छ ।