धनगढीको मोती चोकमा चौलानीको तेस्रो मिनी मार्ट सञ्चालन
2022/02/05, 2:13
 
aa

चौलानी ग्रुप अफ कम्पनीज प्रालिको तेस्रो मार्ट आज धनगढी मोती चौकमा सञ्चानलनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले चौलानी मिनी मार्टको आज उद्घाटन गरे ।

चौलानी ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक मान सिंह साँउदले करीव ६० लाखको लागतमा मिनी मार्ट सञ्चालनमा ल्याएको बताए । मोती चौक, क्याम्पस रोड, मनेहरा, देवहरिया, घुईयाघाट, धनगढी गाउँ क्षेत्रका ग्राहकको सुबिधाका लागि मोती चौकमा मिनी मार्ट सञ्चालनमा ल्याएको साँउदले बताए ।

पाँच वर्षअघि धनगढीको बालमन्दिर अगाडि सुदूर पश्चिमकै पहिलो डिपार्टमेण्टल स्टोर सञ्चालनमा ल्याएको चौलानी ग्रुप अफ कम्पनीजले चौराहापछि मोती चौकमा मिनी मार्ट सञ्चालन ल्याएको हो ।

चौलानी ग्रुप अफ कम्पनीज प्रा.लि.अन्तर्गत डिपार्टमेण्टल स्टोर, चौलानी पुस्तक पसल, निको रेष्टुरेण्ट, फिटनेस सेन्टर, स्वीमिङ पुल, निको कफी हाउस र आईसक्रिम पार्लर संचालनमा छ ।

चौलानीले कैलालीको चौमाला, मसुरीया, पलहवानपुर र सुख्खडमा समेत निकट भविश्यमा मिनी मार्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।