
कैलालीको गोदावरीमा जग्गा कटान बढेको छ। गोदावरी नगरपालिका(२ को गेरेपानी टोलस्थित गोदावरी खोलाले जग्गा कटान गरेपछि थालेपछि त्यहाँका स्थानीय चिन्तित बनेका छन्।

गोदावरी खोलाले गेरेपानी खोला आसपासको क्षेत्रमा हिँउद र वर्खामा जग्गा कटान गर्दै आएको छ। हालसम्म ८ जनाको करिव ५ कट्ठा जग्गा खोलाले बगाएर बगरमा परिणत गरेको एक स्थानीय कल्पना जोशीले बताइन्। खोलाले जग्गा कटान गरेपछि स्थानीयहरु दिक्क भएको उनले बताइन्।
यता कटान रोक्नका लागि नगरपालिकाले प्रयास गरिरहेको जनाएको छ। यसपालि मात्रै सो क्षेत्रमा तटवन्धका लागि नगरपालिकाबाट १० लाख र वडाबाट ४ लाख बजेट विनियोजन गरिएको छ। यसअघि उक्त खोलामा जाली लगाइएको थियो। तर, कटान भने रोकिएको थिएन।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49