
कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो ।

आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ । शपको व्यवसायी गोपाल हमालले उद्घाटन गरे । सो अवसरमा शप सञ्चालक राजेश खतिवडाले कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयपनि उलब्ध रहेको बताए । ‘धनगढी कण्डम हाउस र सेक्स टोय शप सुदूरपश्चिम प्रदेशकै पहिलो हो’, उनले भने ।

सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय शपमा पाइने सञ्चालक खतिवडाले बताए ।
उनले १५ लाख रुपैयाँ लागतमा कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा ल्याएको बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49