
लगानी बोर्डले सुदूरपश्चिम प्रदेशका दुईवटा जिल्लामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिएको छ ।

बोर्डको मंगलबार बसेको बैठकले सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई डडेल्धुरा र डोटीमा गरेर साढे ३ सय मेगावाट सौर्य उर्जा आयोजनाको अध्ययन अनुमति दिने निर्णय गरेको हो ।
जसअन्तर्गत डडेलधुराको अमरगढीमा २२५ मेगावाट र डोटीको सिलगढीमा १२५ मेगावाट क्षमताको सोलार आयोजनाका लागि अध्ययन गरिनेछ ।

बोर्डको ४९ औं बैठकले परियोजना विकासतर्फ तल्लो अरुण जलविद्युत आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन (इन्सेप्सन रिपोर्ट) पनि स्वीकृत गरेको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19