
भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ।

१४ फेब्रुअरी २०२२ मा हुने चुनावलाई लक्षित गरि आगामी माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलामा नेपाल–भारत जोड्ने ६ वटा सीमापुलसहित बैतडीका सीमा नाकाहरु बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

सीमापुलहरु दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म नेपाल–भारत आवत जावतका लागि खुला गर्ने गरिएको छ। निर्वाचनको समयमा १२ फेब्रुअरी बेलुका देखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनले समेत जानकारी गराएको छ
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35