
धनगढीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ । प्रहरीका अनुसार बिहीबार राति धनगढी उपमहानगरपालिका–१४ ‘सि’ गाउँमा सु प प्र ०१०२ त ५३७२ नम्बरको जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको हो ।

मनहेराबाट जन्ती बोकेर हसुलिया जाने क्रममा ट्याक्टर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।
सोमध्ये चारको अवस्था मध्यम र तीनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चालक र ट्याक्टर जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35