
दार्चुलाको महाकाली नदीमा फसेकी एक महिलाको उद्धार गरिएको छ। बालुवा निकाल्ने क्रममा एक्कासी पानीको सतह बढ्दा नदीमा फसेकी महिलालाई प्रहरीको टोलीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माका अनुसार महाकाली नगरपालिका–५ की २४ वर्षिया लीला ओडलाई उद्धार गरिएको हो ।
ओड बिहानै महाकाली नगरपालिका–५ गल्फै क्षेत्रको नदी किनारमा बालुवा निकाल्न गएकी थिइन् । ओडको उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको तथा अवस्था सामान्य रहेको बताइएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35