
कञ्चनपुरमा विवाहको दाइजो बोकेको जीप दुर्घना हुँदा तीन जना घाइते भएका छन्।

आइतबार राति जिल्लाको पुनर्वास नगरपालिका- ११ मा बेलौरीबाट मसुरीयातर्फ जाँदै गरेको सुपप्र ०१००१ च २९२६ नम्बरको पिकअप जीप दुर्घटना भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार जीप आफै अनियन्त्रित भई पल्टिन गएको हो। दुर्घटनामा कैलालीको कैलारी गाउँपालिका १ का ४० वर्षीय धनिराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी र ४६ वर्षीय भर्खरे चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।

उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35