सुदूरपश्चिमका ३ प्रहरी जवान सम्पर्क बाहिर, हाजिर हुन ७ दिने म्याद
2022/02/22, 11:03
 
ss

सम्पर्कमा नरहेका सुदूरपश्चिम प्रदेशका ३ सहित १२ जना प्रहरी जवानलाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन सात दिने म्याद दिएको छ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

सम्पर्कमा नआएका सुदूरपश्चिमका प्रहरी जवानहरुमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ घर भएका विजेन्द्र कार्की, बैतडीको दोगडाकेदार गाउँपालिका ३ घर भएका रामचन्द्र जोशी र दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ घर भएका गणेशसिंह धामी रहेका छन्।