गाउँ पसेको जङ्गली हात्ती मृत फेला
2022/02/23, 5:05
 
dd

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

शनिवार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएपछि प्राकृतिक वासस्थान लालझाडी बन क्षेत्रमा फर्काउन बन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उक्त दिनभर प्रयास गरे पनि उखु खेत भित्र पसेको जङ्गली हात्ती बुधवार दिउँसो मृत अवस्थामा फेला परेको हो ।

जङ्गली हात्ती सोही क्षेत्रमा मृत अवस्थामा फेला परेपछि बन कर्मचारी र नेपाल प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए । उनका अनुसार करिब १० वर्ष उमेरको उक्त जङ्गली हात्ती बिरामी रहेको हुन सक्ने अनुमान गरिएको छ ।