सुजुकी चार पांग्रे सवारी साधनको नयाँ सोरुम धनगढीमा खुल्यो, नयाँ गाडी 'सेलेरियो' लञ्च !
2022/02/23, 5:06
 
dd

सुजुकी चार पांग्रे सवारी साधनको नेपाल स्थित अधिकृत बिक्रेता चौधरी समुहको सिजी मोटोकर्पले धनगढीमा नयाँ सोरुम उद्घाटन गरेको छ । बुधबार धनगढीको राजपुरमा प्राप्ति मोटोकर्पको नामबाट सुजुकीको नयाँ सोरुम उद्घाटन गरिएको हो ।

सिजी मोटोकर्पका प्रबन्ध अध्यक्ष अरुण चौधरी र धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले संयुक्त रुपमा सो नयाँ सोरुमको उद्घाटन गरेका हुन् । सोरुम उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथी धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । प्राप्ति मोटोकर्पले धनगढीमा सुजुकी ब्राण्डका कार बेच्दै आएको छ । 

यस्तै सीजी मोटोकर्पले सबैभन्दा धेरै इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियोु सार्वजनिक गरेको छ । सर्वाधिक माइलेज दिने बताइएको सो गाडीको कम सञ्चालन खर्चका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धिको यो समयमा राहत मिल्ने कम्पनीले विश्वास गरिएको छ ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । उदघाटन समारोहको अध्यक्षता प्राप्ती मोटोकर्पका प्रमुख पुष्कर ओझाले गरेका थिए ।