नवजीवन सहकारी संस्थाको नेतृत्वका लागि रतन कठायतको प्यानल घोषणा
2022/02/24, 12:53
 
aa

नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको नयाँ कार्य समितिका लागि रतन कठायतको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । २८ औँ वार्षिक साधारण सभा मार्फत नयाँ कार्यसमिति समेत चयन हुने भएकाले चुनावी सरगर्मी समेत बढेको छ ।

नयाँ नेतृत्वको लागि रतन कठायत र देवबहादुर बम प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै रतन बहादुर कठायतले आफ्नो प्यानल घोषणा गरेका हुन् । जसको उपाध्यक्षमा चेतराज ओझा रहेका छन् ।

यस्तै सदस्यहरूमा  उत्तम जोशी,उपेन्द्र विष्ट,केशव राज मिश्र,कृष्ण बहादुर चौधरी गणेश बम गोपाल चौधरी जय राज जोशी,पुर्ण राज जोशी, भीम बहादुर बलाएर राधिका कुमारी चौधरी रोम स्वाँर रहेका छन् । सोही समूहबाट लेखा समितिमा चेतराज जोशी ,लक्ष्मीराज पन्त र सीता बिक उम्मेदवार बनेका छन्  ।

घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार कठायतले संस्थालाई  पुर्ण प्रविधिमैत्री बनाइने दावी गरे । यस अघि बुधवार देव बहादुर बमले आफनो नेतृत्वमा प्यानल घोषणा गरिसकेका छन् । नवजीवन सहकारी संस्था २०५० सालमा ९ जना शेयर सदस्यले सुरु गरेका हुन् । हाल संस्थाका झन्डै ३० हजार शेयर सदस्य रहेका छन् ।

संस्थामा हाल १० ओटा सेवाकेन्द्रहरु सञ्चालनमा रहेको र हाल ४ अर्ब १२ करोड बचत सङ्कलन गरी विभिन्न व्यवसायीक तथा उत्पादनमूलक क्षेत्रमा करिब ३ अर्ब ७० करोड कर्जा लगानी रहेको जनाएको छ ।

संस्थामा हाल २६ करोड २४ लाख चुक्ता शेयर पुँजी रहेको र विभिन्न जगेडा कोषहरूमा करिब ३८ करोड रकम जम्मा भई ६४ करोडको पुँजी कोष कायम गरेको जनाएको छ ।  संस्थाको नयाँ कार्यसमिति चयनका लागि  फागुन २८ गते निर्वाचन हुँदै छ ।