
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया बजार आज पूर्ण रुपमा बन्द रहेको छ । नगरपालिका भित्र कोरोनाको जोखिम बढ्दै गएको भन्दै ब्यवसायीहरुले स्वतस्फूर्त रुपमा पसलहरु बन्द गरेका हुन् ।

सम्पूर्ण ब्यवसायी र अत्तरिया उधोग वाणिज्य संघको आग्रह पछि गोदावरी नगरपालिकाले बजार क्षेत्रमा रहेका ब्यापार ब्यवसायीहरु बन्द गरिदिनका लागि अपिल गरेको थियो ।
सोही अनुसार बजार क्षेत्र सुनसान रहेको छ । सरकारले लकडाउनलाई केही खुकुलो पारेपछि बिचको २÷३ दिन खुल्ला भएको बजार फेरि आजवाट बन्द भएको हो ।

अर्को सुचना नआएसम्मका लागि पसलहरु बन्द गरिदिन नगरपालिकाले अनुरोध गरेको छ । गोदावरी नगरपालिकामा पनि कोरोनाको जोखिम उच्च रहेको छ । कोरोनाका कारण एक जनाले ज्यान गुमाइसकेका छन् भने हाल सम्म ९ जना संक्रमित देखिएका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04