
बैतडीमा कोरोना भाइरसविरुद्ध बुस्टर डोज लगाउनेको संख्या कम रहेको छ। जिल्लामा कोरोनाविरुद्ध पूर्ण खोप लगाउनेको संख्या ६४ प्रतिशत पुगेको र बुस्टर डोज लगाउनेको संख्या भने ५ प्रतिशत मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

खोपको दुवै मात्रा लगाएको ६ महिना पूरा भएका नागरिकलाई सरकारले दिने भनेको बुस्टर डोज लगाउनेको संख्या कम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा खोपको पर्याप्त उपलब्धता भएको र नजिकका स्वास्थ्य संस्थामा खोप लगाउने क्रम जारी रहेकाले कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44