
कैलाली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा कुवेरबहादुर शाही सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको चौथो अधिवेशन तथा १० औँ साधारणसभाले शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा रञ्जनकुमार शर्मा, उपाध्याक्षमा लवदेव पन्त र ननैसिंह कार्की, महासचिवमा ईश्वर गिरी, सचिवमा अम्बादत्त भट्ट र कोषध्याक्षमा राजेन्द्र चन्द चयन भएका छन् ।
यस्तै गरी संघको सदस्यहरुमा नरेशबहादुर चन्द, यज्ञराज आचार्य, खडकराज भट्ट, रुद्धप्रसाद शर्मा, भानुभक्त आचार्य, गोपी चौधरी, गणेशदत्त जोशी र श्रवण चौधरी रहेका छन् ।

साधारणसभाको यस अघि धनगढी उपमहागरपालिका मेयर नृपबहादुर वडले उद्घाटन गरेका थिए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 12:27
2020/12/05, 12:31
2024/05/11, 3:19
2021/08/08, 2:15