छाउपडी प्रथा अन्त्य गर्ने दौडमा साइन नेपाल, सचेतनासँगै स्वच्छता सामाग्री वितरण 
2022/03/07, 10:38
 
dd

 मानवीय सेवामा अनेकौँ प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्था कैलाली समाजमा व्याप्त रहेको छाउपडी प्रथा अन्त्य गर्ने दौडमा देखिएको छ । 

प्राचीनकालदेखी समाजमा जगडीएर कुप्रथाको रूपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतना कार्यक्रम सहित महिलाहरूलाई केही स्वच्छता सामाग्री वितरण गर्दै साइन नेपाल संस्था सुदूरका विभिन्न पालिकामा सक्रिय देखिएको हो ।

संस्थाले आइतबार डोटीको आदर्श गाउँपालिका-४ का ४ सय ५४ महिलाहरूका बिच सचेतना कार्यक्रम गर्दै स्वच्छता सामाग्री वितरण गरेको छ ।कार्यक्रममा साइन नेपालका अध्यक्ष भक्तराज जोशीले सरकारले गाउँघरका छाउगोठ भत्काउने कार्यक्रम ल्याए पनि  व्यक्तिका मनबाट महिनावारीका छुवाछूत हटाउन नसकेको  बताए । 

'महिनावारीका छुवाछूत सचेतना कार्यक्रम मार्फत हटाउन सकिन्छ कि भनेर लागेका हौ,' अध्यक्ष जोशीले भने, 'सो अवस्थामा महिलाहरूलाई स्वास्थ्य रहन स्वच्छता सामाग्री पनि वितरण गर्‍यौ ।' 

No description available.

कार्यक्रममा उपस्थित केही महिलाहरूले छुवाछूतमा आधारित डेउडा गीत प्रस्तुत गर्दै अब यस्ता प्रथाको अन्त्य गर्न हामी सबै सचेत हुनुपर्ने बताएका थिए ।

संस्थाले एक हप्ता यता कैलालीको गोदावरी नगरपालिका १२ का ५ सय २१ जना महिला, बाजुराको बडिमालिका नगरपालिका २,८ का ४ सय जना महिला,  बुढीगंगा नगरपालिका ७,८ का ४ सय जना महिला र डोटीको सायल गाउँपालिका ३ का ४ सय महिलाहरू माझ सचेतनासँगै स्वच्छता सामाग्री वितरण गरेको हो । 

महिलाहरूलाई सचेत बनाई छाउगोठबाट  हुन सक्ने सम्भावित घटनाबाट जोगाउन सकिन्छ भन्ने उद्देश्यले संस्थाले सो कार्यक्रम सञ्चालन गरेको कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

सरकारले सो प्रथाको अन्त्य गर्न केही समयसम्म छाउगोठ भत्काउने अभियान थालनी गरेपनि सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला,  बैतडी, डडेलधुरा लगायतका पहाडी क्षेत्र र तराईका क्षेत्रमा यो प्रथा अझै सलबलाई रहेको अवस्थामा पाइन्छ ।

No description available.