कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते, २ को अवस्था गम्भीर
2022/03/07, 10:51

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको कलुवापुर-बेलौरी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका हुन्।

आइतबार राति से४प ८९४५ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ। वेदकोट नगरपालिका-१ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका-२ वाणीका २२ वर्षीय नरेन्द्र साउदको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइतेहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44