
वैज्ञानिक वन व्यवस्थापन लागुभएका कञ्चनपुर–कैलालीका सामुदायिक वनको छानबिन थालिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुदूरपश्चिममा दुई टोली परिचालन गरेर छानबिन थालेको जनाएको छ।

सोमबार कञ्चनपुर र कैलाली पुगेको १–१ टोलीले मंगलबार विहानैदेखि स्थलगत छानविन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
वैज्ञानिक वन व्यवस्थापन लागुभएका सामुदायिक वनमा चरम आर्थिक अनियमितता भएको, आदेश विपरीत रुख कटान भएको भन्ने आयोगको प्रधान कार्यालय टंगालमा परेको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो।

गत वर्ष मात्रै वैज्ञानिक वन व्यवस्थापन लागू भएका कञ्चनपुर र कैलाली जिल्लाका सामुदायिक वनमा व्यापक आर्थिक अनियमितता भएको संघीय संसदीय उपसमितिको प्रारम्भिक अध्ययनले पनि देखाएको थियो।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 6:17
2020/12/13, 10:15
2021/07/17, 7:08
2022/04/01, 3:44
2023/04/29, 10:26