फ्ल्याटल्याण्डमा मुखै रसाउने फापरको मःमः कोदो र मकैको ब्रेड
2020/06/20, 4:07
 
momo

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नगरपालिकाको व्यवसायिक भवनको अगाडी तर्फ रहेको फ्ल्याटल्याण्ड । जिल्ला सहकारी संघको सम्म मिलेको अर्थात फ्ल्याट जमीनमा परम्परागत शैलीमा सञ्चालन भईरहेको फ्ल्याटल्याण्ड । त्यहीसम्म परेको जमीनमै सञ्चालनमा रहेको छ फ्ल्याटल्याण्ड फुटसल, फुटसल अघि सानो चारैतिर हरियाली काम नलाग्ने सामानको सजावटबाट सजाईएको छ फ्ल्याटल्याण्ड । 

b

k
खाली सिसाका वोतलले घेरेर आफ्नो क्षेत्रलाई पर्खाल बनाएर घेरिएको छ । त्यही परिसरमा वोट विरुवा छन् । अंगुरका लहरा फैलिएका छन् । फ्ल्याटल्याण्ड भएको घरको छाता पनि लहरै लहराले भरिएको छ । परिसरमा बसेर चिया कफी खानका लागि बनाईएका टेबलहरु केही काठबाट त अधिकांश टायरबाट टेबल बनाएर बनाईएको छ । धनगढीमा चिया कफीको रमाईलो चुस्कीसँगै गफिने ठाउँ अभाव भएकै वेला धनगढीका केही युवाहरुले फरक सोचले सञ्चालनमा ल्याएको फ्ल्याटल्याण्ड वेकर्समा चिया कफीका लागि नआउने सायदै कमै होलान् ।

2

फ्ल्याटल्याण्ड खुलेको ५ बर्ष पुरा भईसकेको छ । तीन जना युवा राकेश भट्ट विनोद चटौत र प्रफुललाल श्रेष्ठले सञ्चालन गरिरहेको क्याफेमा सवै अर्गानिक चिजहरु मात्रै पाईन्छन् । केही पनि वाहिरबाट तयार भएका चिजहरु बेचिदैंन । फ्ल्याटल्याण्डमा पाईने सवै खानेकुराहरु आफै बनाईन्छ । जन्मदिनका लागि काटिने केक पनि यसले बनाउने विशेष खानेकुरामै पर्छ । फरक स्वाद र आकर्षक सजावटका कारण वेकर्सलाई कहिले काही त केकको अर्डर पुरा गर्नै धौ धौ पर्छ । 

b

2
कफीका विभिन्न परिकार र स्वादले लोकप्रिय बनेको फ्ल्याटल्याण्डले विस्तारै खानेकुराहरुमा नयाँ स्वाद र भेराईटी थप गर्दै गएको छ । सुरुवातमा कफीहरुका फरक स्वादबाट ग्राहकहरुलाई लोभ्याएको फ्ल्याटल्याण्डले आजभोली विभिन्न परिकारहरु थपेर ग्राहकहरुलाई आफ्नोमा तानिरहेको छ । कफीको साथमा आफै बनाएका कुकिज, मफिन, ब्राउन, ब्रेडहरु दिईरहेको अवस्थामा अहिले आएर धनगढीमा नयाँ स्वाद दिन वेकर्सका युवा लागिरहेका छन् ।

b

b

वेकर्समा नयाँ स्वाद दिनका लागि प्रायः लागिरहेका हुन्छन्, यसका सञ्चालक मध्येका दुई जना युवा राकेश भट्ट र विनोद चटौत । उनीहरु प्रायः स्थानीय उत्पादनबाट कसरी नयाँ नयाँ परिकारहरु बनाउन सकिन्छ भनेर लागिरहेका हुन्छन् ।

2

उनीहरुकै प्रयासमा अहिले थप खाने परिकारहरु थपिएका छन् फ्ल्याटल्याण्डमा । पुराना र काम नलाग्ने वस्तुलाई कलात्मक रुपमा सजाउने आईडिया पनि उनीहरुकै हो । उनीहरुले नै अहिले नयाँ परिकार भित्र्याएका छन धनगढीमा फापरको मःमः । फल्याटल्याण्डले फापरको मःमः को स्वाद दिन थालेपछि ग्राहकहरुले मन पराउन थालेका छन् ।

b

अर्गानिक फापर स्वास्थ्यका लागि फाईदाजनक त छदैछ तपाई हामीले मन पराउने परिकारमा ढालेर परम्परागत उत्पादनलाई व्यवसायिकरण गर्न तर्फ अग्रसर भईरहेका छन भट्ट र उनीहरुको फ्ल्याटल्याड । फापरको मःमःसँगै अहिले फापर कोदो जौ र मकैको ब्रेड पनि खुवाउन थालिएको छ । स्वास्थ्यलाई पनि फाईदा पुराउने फापर कोदो जौ र मकैबाट बनेका परिकारहरुका लागि नियमित ग्राहकहरु पनि बन्न थालेका छन् ।

1

फापरको मःम होस् वा मकै फापर र मकैको ब्रेड मात्रै होईन मफिम, कुकिज र केक बनाउने काम गर्छन चक्र बम र लोक रोस्यारा । २३ बर्षीय बम र २० बर्षीय रोस्याराले अर्गानिक परिकारमा आफ्नो कमल देखाउँदै आएका छन् । उनीहरुले बनाएका परिकारहरुलाई धेरैले मन पराईरहेका छन् । कलिलो उमेरमै आफ्ना परिपक्क क्षमता देखाई सकेका छन उनीहरु दुवै जनाले । यहाँ सवै परिकारहरु तयार बनाएर राखिदैन । जब अर्डर आउँछ तब मात्रै बनाईन्छ । त्यही भएर फ्ल्याटल्याण्डमा आउन रुचाउनेहरुको संख्या वढ्दै गएको छ । 

 

b