
कैलालीको गौरीगंगा नगरपालिका–९ का गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय सामाग्री प्रदान गरिएको छ ।

बनखेत गाउँमा रहेको जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत गरिब, विपन्न जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । ग्लोबल एक्सन नेपाल र छोरी शिक्षाको लागि राष्ट्रिय अभियानको सहयोगमा सक्षम छोरी अभियानको सहकार्यमा उनीहरुलाई झोला, कपी, पेन, ज्यामिति बक्स प्रदान गरिएको छ ।
छोरी शिक्षाको लागि राष्ट्रिय अभियानका प्रदेश संयोजक तारा ओझाले संस्थातर्फबाट १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रममा वडा नं ९ का अध्यक्ष हरीप्रसाद तिवारीले बालबालिकामाथि हुने हिंसालाई अन्त्य गरी उनीहरुको सुरक्षित भविष्यको लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39