नवजीवन सहकारी चुनाव : ३८ सय मतगणना हुँदा कसको कति मत कति ?
2022/03/13, 11:04
 
dd

नवजीवन सहकारी संस्था धनगढीको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिवार सम्पन्न भएको निर्वाचनको मतगणना अहिले जारी छ ।सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो । हिजो रातीबाट मतगणना सुरु भएको थियो । हाल सम्म ३८ सय मतगणना भईसकेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिए ।

सहकारीको नेतृत्वको लागि देव बहादुर बम र रतन कठायत चुनावी मैदानमा उत्रिएका थिए ।  प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार हाल सम्मको मतगणनामा बमले १९७७ मत पाएका छन् भने र कठायतले १४४२ मत पाएका छन् । दुवै टीमले आ आफ्ना एजेण्डा सहित चुनावी मैदानमा होमिएका थिए ।  बमको प्यानलले नवजीवन सहकारीको विकास, सेयर सदस्यको हकहित, सामाजिक क्षेत्रमा लगानी र कर्मचारीको हकहित सहितका एजेण्डा अगाडि सारेको छ ।

बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्। यस्तै उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्।

अध्यक्ष पदका उम्मेदवार कठायतको प्यानलले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूर्ण प्रविधिमैत्री बनाउने, पूराना र अधुरा कामलाई पूर्णता दिनुका साथै सामुदायिक अस्पताल र सहकारी विद्यालय सञ्चालन गर्ने एजेण्डा अगाडि सारेको छ।

कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्।उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो ।

कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्।उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्।

बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।