अछामका सबै पालिकामा काँग्रेसको ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन
2022/03/13, 11:08

नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ। आइतबार सदरमुकाम मंगलसैनबाट कार्यक्रमको शुभारम्भ गरिने बताइएको छ।

आज मंगलसैन नगरपालिकाबाट अभियान सुरु गर्दै ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहले बताए।
यसैगरी ९ चैतमा रामारोशन, १० मा बान्नीगढी जयगढ, ११ मा मेल्लेख , १२ मा चौरपाटी गाउँपालिका र १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने बताइएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27